बागमती प्रदेशका सबै पत्रकारहरुलाई मिडियामा सिक्ने, बिक्ने र टिक्ने वातावरण बनाउछौं– प्रदेश सचिव गाउँले (फोटोफिचर)
फाइल फोटो
५, दोलखा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित समावेशी सचिव (समावेशी) राजन गाउँ (विक) ले प्रदेश भित्रका दलित पत्रकारहरुलाई मिडिया क्षेत्रमा लाग्नको लागि थप सहज वातावरण बनाउने बताएका छन् ।
शनिबार दोलखाको सदरमुकाम् चरिकोटमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमितिले नव निर्वाचित पत्रकार महासंघका पदादिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन् गर्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य समेत रहेका गाउँलेले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले भने प्रदेशभरिका दलित पत्रकारहरु, आदिवासी, जनजाति पत्रकारसाथिहरु अन्य पत्रकारहरुलाई सिक्ने, बिक्ने र टिक्ने अवस्था प्रदेशको सचिव भएको हैसियत्ले म प्रतिबद्धता जनाउछु भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका नवनिर्वाचित् पदादिकारीहरुलाई संघले सम्मान पत्र तथा बधाई दिएको छ ।
कार्यक्रममा सिन्धुलीका राष्ट्रिय दलित पत्रकार संघका, जिल्ला अध्यक्ष राजन परियार र रामेछाप जिल्लाका सचिव एवं नेपाल पत्रकार महासंघ रामेछाप शाखाका नवनिर्वाचित् सदस्य एवं रामेछाप टाइम्सकर्मी मिलन घिमिरे (विक) लगाएत दोलखा जिल्लाका पत्रकार, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
भिडियो यो लिङ्कमा https://www.youtube.com/watch?v=aeHJM9IRRNM
फोटोहरु हेर्नुहोस्







