रामेछापका मोक्तानको रोजगारीको क्रममा मलेशियामा निधनः आज काठमाडौं ल्याईदै

| असोज २, २०७८ शनिबार

फाइल फोटो मोतिलाला तामाङ्को फेस्बुकबाट साभार
A A A
A A A

२ असोज,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषको बैदेशीक रोजगारीको क्रममा निधन भएको छ । उनको गत भदौ १८ गते नेपाली समय अनुसार शुक्रबार बिहान ४ बजेको समयमा निधन भएको बताइएको छ । 


 

पालिकाको वडा नं ७ नागी स्थायी घर भएका अन्तरे तामाङका छोरा पुर्णलाल मोक्तानको केही दिन अघि निधन भएको उनका ठूलोबुबा कार्मो तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

ट्रप बल्क कम्पनीमा काम गर्दै आएका उनी २०१२  मा रोजगारीको क्रममा मलेशिया पुगेका थिए । शुक्रबार कामबाट फर्केर कोठा जादै गरेको अवस्था तामाङ्को निधन भएको बताइएको उनका ठूलोबुबाले मृतक मोक्तानको साथिको भनाई उदृत गर्दै रामेछाप टाइम्ससंग भने । 

 

उनको के कारणले निधन भएको भनि खुलेको छैन् । उनले भने 'नाईट डिउटी परेको थियो रे, कामबाट कोठा फर्कदै गर्दा गाडीमा मोबाइल हर्दै गर्दा ज्यान गयो भनिएको छ ।' 

 

ठूलोबुबाका अनुसार मृतक मोक्तानको शव आज बिहाना ८ : ३० बजे त्रिभुवन बिमानस्थलमा आईपुग्ने बताइएको छ । रोजगारीको क्रममा ज्यान गुमाएका तामाङ्को बौद्ध परम्परा अनुसार शनिबारनै दाहसंस्कार गर्ने बताइएको छ  ।
 

मृतक तामाङ्को आमाबुबा,श्रीमती र एक १४ वर्षीय छोरा रहेका छन् ।