पकरवासका एउटै वडाका दुई बालिका छुट्टाछुटै खोलामा मृत भेटिए (तस्विरहरुसहित)
फाइल फोटो
१७ भदौ,रामेछाप । रामेछापको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाको सिमाना भएर बहने दुई खोलाका छुट्टाछुटै स्थानमा दुई बालिकाको शव फेला परेको छ । भटौली खोलामा खाँडादेवी गाउँपालिका ५ पकरवासकी ९ वर्षीय अनिसा तामाङ् र थाक्ले खोलाको भटौली पुलको मुखमा सोही ठाउँकी १२ वर्षीय मनिता सार्कीको शव फेला परेको त्यहाँ स्थित रामेछाप टाइम्सका संवाददाता राजन रम्तेलले बताए ।
खोजतलास् टोली
उनका अनुसार बुधबार घरमा बिना जानकारी तीन जनाको समूह बनाएर हिडेका उनीहरु बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापको सहायतामा स्थानीय सहितको टोलीले खोजी गर्दै जाँदा दुई बालिका मृत अवस्थामा छुट्टाछुटै स्थानमा भेटिएका हुन् ।
एक जना सकूसल भेटिएकाले उनीमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्ससंग बताए । उनको परिचय गोप्य राखिएको छ ।
मृत दुवै बालिकाको शव पोष्ट माटमको लागि मन्थली प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको छ । एकै वडाका दुई बालिका मृत भेटिएपछि गाउँनै स्तब्द् बनेको छ ।
समूहमा हिडेका तीन बालिका मृत भेटिनु गम्भिर विषय भएकाले अनुसन्धान गम्भिर तरिकाले अगाडि बाड्ने श्रेष्ठले बताए ।
तस्विर सबै राजन रम्तेलबाट प्राप्त
