दुई तर्फी संचालमा आयो मन्थली-सेलेघाट सडक, कुन-कुन सडक खुले ?
फाइल फोटो
१२ भदौ, रामेछाप । हिजो दिउँसो २ ः ३० बजे कुनौरीमा पहिरो खस्दा अबरुद्ध भएको सडक दुई तर्फि संचालना आएको छ ।
पहिरो खसेको २ घण्टापछि देखि दुई वटा जेसिबीले दुबै तर्फबाट पहिरो पहिरो पन्छाएसंगै राति १० बजे एकतर्फि सडक खुलेको थियो ।
पुःनह शनिबार (आज) बिहाने देखि दुई वटा जेसिबीले पहिरो हटाएसंगै अहिले दुई तर्फिबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार आज बिहान पनि हिजो पहिरो खसेको नजिकै पहिरो खसेको थियो । सो पहिरो पनि पन्छाएसंगै अहिले मन्थली-खुर्कोट सडक दुई तर्फी खुलेको हो ।
आज जिल्लाको सित्खा तर्फको बाटो पनि संचालनमा छ भने रामेछाप - मन्थली जोड्ने सडक पनि खुलेको छ ।
हिजो सो सडक खण्डमा पनि तल्लो रामेछाप बजारको भंगेरीमा पक्कि सडक भासिदाँ सडक अबरुद्ध भएको थियो । सो समस्या पनि रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगरसहितको टोलीले अनुगमन् गरि जेसिबीले भासिएको सडकबाटै तत्कालको लागि सवारी आवत्जावत गर्ने बाटो बनाएसंगै संचालनमा आएको हो ।
त्यस्तै खाँडादेवी गाउँपालिकाको गोगनपानीमा सडक माथिबाट पहिरो खस्दा अबरुद्ध सडक पनि खुलेको छ ।
हाल जिल्लाका मुख्य सडक कुनै पनिमा अबरोध नगरहेको सूचना अधिकारी श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।
