प्रदेश अन्तर्गत कार्यरत सव-इन्जिनियर सापकोटाले २० हजार घुस लिएको पुष्टिः मुद्दा दायर

| भदौ ८, २०७८ मंगलबार

फाईल फोटो
A A A
A A A

८ भदौ,रामेछाप । सामाजिक निर्माण कार्यन्वयन इकाई, बाग्मती प्रदेश, गजुरी, धादिङ्गमा कार्यरत सव-इन्जिनियर बिनोद सापकोटाउपर घुसररिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

 

 

वागमती प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव इजिनियर बिनोद सापकोटा बिरुद्ध २० हजार घुस मागरेको आरोपमा मुद्दा दायर गरिएको छ । 
सामाजिक विकास मन्त्रालय अन्तर्गत खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरिदिए वापत २० हजार  दिनुपर्छ भनी घुस माग गरेका थिए । 

 

 

रकम मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सापकोटालाई सेवाग्राहीबाट रु २० हजार घुस लिसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो जनाएको छ । 

 

 

उनले सेवाग्राहीसँग रु २० हजार घुस माग गरी लिएको प्रमाण पुष्टि भएकाले सव इन्जिनियर सपकोटालाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई बिगो रु २० हजार कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१० र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।