रामेछापको गोकुलगंगा गाउँपालिकामा अब आइतबार बिदा नहुने

| बैशाख १५, २०८३ मंगलबार

फाइल तस्बिर
A A A
A A A

१५ वैशाख, रामेछाप । रामेछापको गोकुगलगंगा गाउँपालिकामा भोलि देखि आइतबार बिदा नहुने भएको छ । योसंगै अब गोकुलगंगा गाउँपालिकामा शनिबार र सार्वजनिक बिदाको दिन बाहेक आइतबार संघीय सरकारले लगाएको आइतबारे बिदा नहुने भएको छ । 
 

मंगलबार गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले एक सूचना जारी गर्दै भोलि बुधबार १६ गते देखिपछि आइतबार बिदा नहुने जानकारी गराएका छन् । जिल्लाकै जुझारु युवा गाउँपालिका अध्यक्षको परिचय पाएका (दिनेश) ले आइतबार बिदा दिएर गाउँपालिका भित्रका विद्यालय, सरकारी कार्यालय र अस्पतालको सेवा प्रभावित हुँदा नागरिकहरु थप मारमा परेकाले पूर्ववत् अवस्थामा कार्यालयहरु संचालन गर्नु परेको प्रष्ट पारेका छन् । 
 

करिब दुई तिहाई बहुमत नजिकै रहेको राजनीतिक दलबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मध्य पूर्वको युद्ध प्रभावले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई नियन्त्रणमा लिने योजनासहित गएको चैत्र २३ गते सोमबारदेखि लागू हुने आइतबार पनि बिदा थपेको थियो । त्यस अगाडि सार्वजनिक बिदा बाहेक शनिबार मात्रै बिदा हुन्थ्यो । 
 

तर, आफ्नो पालिकामा यसरी संघीय सरकारको निर्देशन अनुसार कार्य गर्दा शैक्षिक संस्थाको पठनपाठन प्रभावित, वडा तह सम्मको सेवा प्रवाहमा असर र पेट्रोलियम पदार्थको खपतमा फरक नदेखिए पछि चैत्र २३, २०८२ कै अवस्थामा कार्यालय समय निर्धारित गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
 

उनले भने ‘विद्यालयका प्रधानाध्यापक र सम्पूर्ण सरोकारवालहरुको सुझाव, माग अनुसार कार्यपालिकाले निर्णय गरेर आइतबार बिदा नदिने निर्णय गरेका हौं’ । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुको मागपछि उक्त मागलाई सम्बोधन गरेको उनको भनाई छ ।

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार