एमाले रामेछापको शक्ति प्रर्दशनः २ हजार भन्दा बढी कार्यकर्ता उर्लिए सडकमा (फोटोफिचर)

संसद् पुनः स्थापना गरी केपी ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने माग

| कात्तिक ३०, २०८२ शनिबार

A A A
A A A

२९ कात्तिक, रामेछाप । जेन्जी आन्दोलनपछि अप्रत्याशित रूपमा विगठन गरिएको संसद् पुनः स्थापनाको माग गर्दै देशभर प्रर्दशन गर्ने केन्द्रीय निर्देशन अनुसार रामेछापमा शनिवार एमालेले आफ्नो शक्ति प्रदर्शन गरेको छ । शान्ति पूर्ण प्रदर्शनमा करिब दुई हजारको हाराहारीमा नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् । प्रदर्शन शान्ति पूर्ण र संयमित रूपमै अगाडि बढेको देखिँदा केही कार्यकर्ताहरूले हेलमेट नलगाई मोटरसाइकल हुइँक्याइ रहेका थिए । यद्यपि जिम्मेवार नेताहरूले प्रदर्शनीलाई शान्ति पूर्ण बनाउन निकै लागि परेको प्रष्ट देखिन्थ्यो  ।

 

जेन्जी विद्रोह र विभिन्न पछिल्ला राजनीतिक घटनाक्रमले पुराना भनिएका एमाले, काँग्रेस जस्ता ठुला दलहरू प्रति आम मानिसहरूको वितृष्णा बढेको भन्दै चौतर्फी बहस भइरहेका बेला ‘एमाले एक जिम्मेवार राजनीतिक दल भन्दै’ निकालिएको खबर दारीसहितको प्रदर्शनमा गुम्देल देखि गौश्वरा एवं जिल्ला भरका पार्टीका कार्यकर्ता मन्थलीको सडकमा देखिँदा करिब दुई हजार हाराहारीमा कार्यकर्ता आन्दोलनमा सहभागी बनेका हुन् । 
 

वर्तमान सरकार असंवैधानिक तरिकाले बनेको र संसद् पुनः स्थापना गरी जनताका समस्याहरू सुन्नु पर्ने बाटो खोल्ने भन्दै सडकमा उत्रिएको एमाले रामेछापको भेलामा प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल देखि केन्द्रीय कमिटीकी नेता गीता कार्की सहितका नेताहरूले सडकबाटै सम्बोधन गर्दै फेरी ओलीलाई सरकारमा ल्याउनु पर्ने माग गरे ।
 

‘असंवैधानिक सरकार बन्द गर, राष्ट्रघाती पक्ष कहाँ छ, एमाले हामी यहाँ छौँ, चन्द्र सूर्य हाम्रो सान एमाले हाम्रो पहिचान, झुक्दै झुक्दैनौँ, गाउँ देखि सहर एमालेको रहर, जनताको बहुदलीय जनबाट जिन्दाबाद, निष्पक्ष छानबिन आयोग गठन गर, कथित छानबिन आयोग खारेज गरे, हिप–हिप हुर्रे, संविधान मास्न पाइँदैन, प्रतिगामीहरू होसियार, विगठित प्रतिनिशि सभा पुनः स्थापना गर जस्ता नारा लगाएका थिए । 
 

मन्थली कटहरबोट पार्टी कार्यालय अगाडिबाट सुरु भएको खबरदारी र्‍याली मन्थली भूपू सैनिक कार्यालय–कर कार्यालय हुँदै पुनः देवकोटा चोक आएर मन्थली बजारको बिच सडकै बन्द गरी नेताहरूको सम्बोधन पछि सकिएको हो । 
 

मिलन घिमिरे (बि क)
| कात्तिक २५, २०८२ सोमबार