मन्थलीको मच्छेडाँडीमा चल्ला बोकेको गाडी दुर्घटना : चालक घाइते

| कात्तिक २४, २०८२ आइतबार

A A A
A A A

२३ कात्तिक, रामेछाप । मन्थली नगरपालिका–१ स्थित मच्छेडाँडा नजिकै कुखुराको चल्ला बोकेको गाडी पल्टिँदा चालक घाइते भएका छन् । घाइतेको रामेछाप सामुदायिक अस्पताल देवकोटा चोकमा उपचार भइरहेको छ । 

 

शनिवार साँझ बिटारबाट चल्ला लिएर तराई तर्फ हिँडेको बा २ क ६१६६ नम्बरको डबल क्याब गाडी अनियन्त्रित भएर आफै सडकबाट तल खस्दा चालक मुकेश कार्की घाइते भएका हुन् । रामेछाप नगरपालिका–८ बस्ने चालक कार्की सामान्य घाइते भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक राजन तिमिल्सिनाले रामेछाप टाइम्सलाई बताए । ‘गाडीमा लोड गरिएका चल्ला केही मरे’ सबै चल्ला नपरेको जानकारी गराउँदै प्रवक्ता तिमिल्सिनाले भने । 

 

रामेछाप नगरपालिका वडा नं ८ स्थित बिटार पार्कमा एक उद्योग फार्म मार्फत कुखुरा, चल्ला तथा अन्डा उत्पादन र बजारीकरण हुँदै आएको छ ।