चालुको भन्दा ४ प्रतिशतले बढ्यो मन्थली नगरको बजेट,१ अरब ४ करोड ६५ लाख भन्दा बढी (पूर्णपाठसहित)

| असार ९, २०८२ सोमबार

A A A
A A A

०९ असार, रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको लागि ४ प्रतिशत बढाएर बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा १ अर्ब ४ करोड ५४ लाख ९२ हजार रुपैयाँको बजेट घोषणा गरेको यो नगरपालिकाले आगामी वर्षको लागि कूल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ हुने रुपैयाँको बजेट घोषणा गरेको हो ।  चालु आर्थिक वर्षमा १ अरब १ करोड ९७ लाख ८१ हजार मध्ये ८७ प्रतिशत निकासा भएको एवं नगरको आम्दानी भएको उपप्रमुख बस्नेतको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । जसमा राजश्व बाँडफाँड तर्फ संघ, प्रदेश र स्थानीय राजश्व बाँडा फाँडामा ८० प्रतिशत, ५५ प्रतिशत र ५० प्रतिशत पुगेको भनिएको छ । 

 

त्यस्तै चालु आर्थिक वर्ष ०८१/०८२ मा हाल सम्म ६७.९४ प्रतिशत बजेट खर्च भएको वास्तविक निकासा आम्दानी भएको बजेटको ७८.३७ प्रतिशत खर्च भएको उल्लेख छ ।  

सोमबार नगरपालिकाको १७ औँ अधिवेशन एवं नगर सभामा उपप्रमुख ईश्वरी बस्नेतले नगर प्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, १४ वटै वडाका वडा अध्यक्षहरूसहित कार्यपालिका सदस्य, कर्मचारीहरूसहितको भव्य समारोहमा नगरको आन्तरिक स्रोतबाट बैंक मौजाद ५ करोड र आन्तरिक राजश्व ३ करोड २७ लाख ५ हजार गरी कूल ८ करोड २७ लाख ५ हजार,  नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको राजस्व बाँडफाँड मार्फत प्राप्त हुने रकम १८ करोड २ लाख २२ हजार २०२ हुने  लगायत कुल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ हुने रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । 

 

जसमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले घोषणा गरिन् । संघ र प्रदेश सरकारबाट हस्तान्तरण भई आएको मध्ये क९.४६ प्रतिशत र ४४.०९ प्रतिशत तथा चालु तर्फ ९०‍.५४ प्रतिशत र ५५.९१ प्रतिशत बजेट प्राप्त भएको उपप्रमुख बस्नेतले सार्वजनिक गरिएको आगामी वर्षको बजेटमा उल्लेख गरिएको छ । 

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको राजस्व बाँडफाँड मार्फत प्राप्त हुने रकम समेत १८ करोड २ लाख २२ हजार २०२ हुने अनुमान पेस गरेको यो नगरले संघीय राजश्व बाँडफाँड प्राप्त हुने मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको रकम ११ करोड ५० लाख ३ हजार ५ सय ८८, बागमती प्रदेश सरकारबाट राजश्वतर्फ प्राप्त हुने सवारी साधन कर बापतको राजश्व ४ करोड ९३ लाख ६८ हजार ६ सय १४ तथा स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने विज्ञापन कर बापतको १ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर बापत १ करोड आम्दानी हुने नगरपालिकाको आगामी बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।   

 

यो हेर्नुहोस् नगरको बजेट पूरा .....