‘फोटो पत्रकारिता बुझाउन पर्यटन प्रवर्द्धनको बाटो’

पत्रकारिता हामी सबैले गर्दै र भोग्दै आएको विषय हो । जिल्लाको सन्दर्भमा भन्ने हो भने ‘फोटो पत्रकारिता शब्द’ सबैको लागि बुझ्नु पर्ने विषय बनेको छ । आज भन्दा डेढ वर्ष अगाडि (६ साउन २०८०) जब म, राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, रामेछाप शाखाको अध्यक्ष बने त्यो विषय सबैलाई बुझाउने जिम्मेवारी आफ्नो काँधमा आएको महसुस भयो । अत्याधुनिक प्रविधिको जनमासँगै डिजिटल क्यामेराहरू जसले तस्बिरलाई सुन्दर र आकर्षक रूपमा कैद गर्छन्, तिनीहरूलाई पनि बुझ्नु उत्ति नै आवश्यक थियो र छ । पत्रपत्रिका, अनलाइनहरूमा मोबाइलहरूले कैद गरिएका तस्बिरहरू व्याप्त प्रयोग भइरहेको त्यो अवस्थालाई टेलिभिजन पत्रकारहरूले समेत फोटोको लागि राम्रो क्यामेरा प्रयोग नगर्दै गर्दा म पनि फोटो पत्रकारको नेतृत्वमा पुगे । यसले मलाई अवसर र चुनौती दुवै थुपारिदियो । अवसर थियो, राम्रो क्यामेरा प्रयोग गरेर अरूको भन्दा राम्रो, आकर्षक तस्बिरहरू मिडियामा सार्वजनिक गर्ने । फोटो पत्रकारितालाई नै भविष्य बनाउने । आदीइत्यादी । चुनौतीको त पहाडै थियो, शब्द र अक्षरहरू लेखेर झाँगी सकेको पत्रकारितामा फोटोको मद्यमाबाट फरक र नयाँ पन दिनु सबैले अनुभव गरेकै विषय हो । जिम्मेवारीमा पुग्न ठुलो कुरा हैन, जिम्मेवारी पुगेपछि कसले कति गर्न सक्छ त्यो निकै महत्त्वपूर्ण र अर्थपूर्ण रहन्छ । त्यो कुरालाई म सधैँ सम्झिन्छु र व्यवहारमा लागु गर्ने सत् प्रयर्तनमा रहन्छु । सायद, सबैले यस्तै भन्छन् होला ? तर, म पनि त्यो कुराबाट माथि उठ्न कति सफल छु त्यो मेरो कार्यसमिति, प्रदेश हुँदै केन्द्रीय समिति सम्म र मूल्याङ्कन गर्ने सम्बद्ध निकायले पक्कै गरेकै होला ?
जिल्लाको धार्मिक तथा ऐतिहाशिक जट्टा पोखरी, तस्बिर संगम अधिकारी ।
भनिन्छ ‘एउटा तस्बिरले हजार शब्दको वर्णन गर्न सक्दछ’ । त्यो सत्य र आम धारणा पनि हो । यही धारणालाई व्यवहार र समाजमा स्वीकार्य पार्दै ‘फोटो पत्रकारिता’ गर्छु भन्दा सहज रूपमा बुझाउने प्रयास धेरै महत्त्वपूर्ण रहेछ भन्ने मेरो बुझाई छ । पत्रकार हुँ १ भन्दा सहजै पत्रकार भनेर बुझ्नेहरूले फोटो पत्रकार हुँ भन्दा जिल्लामा के हो, फोटो पत्रकार भनेको रु के गर्छ यसले रु जस्ता प्रश्नको सामना धेरै गरेको छु मैले । के फोटो पत्रकारले फोटो मात्रै खिच्छन् रु की फोटो पत्रकारले फोटो खिच्दै हिँड्छन् रु यस्तो प्रश्नहरूको पनि सामना गर्नु परेको छ । ‘फोटो त हामी पनि खिच्छौँ’ मलाई प्रतिप्रश्न गर्दै नाम र अनुहार याद गर्न नसकिने धेरै जनाले भनेको राम्रोसँग याद छ की ‘तपाईँहरूले खिचेको फोटो र हामीले खिचेकोमा केही पक्कै फरक हुन्छ ।’
जिल्लामा शाखा विस्तार भएदेखि नै फोटो पत्रकारको उद्देश्य र जिम्मेवारीमा गहन ढङ्गले लागि पर्दै आम मानिसहरूबाट आउने यस्ता प्रश्नहरूलाई सहज पार्ने हामीले जिल्लाको प्रचारप्रसार फोटोको मद्यमाबाट गर्ने बाटो समात्यौँ । हाम्रो टिम (एनएफ्पिजे रामेछाप) ले रामेछाप विमानस्थल हुँदै सगरमाथा आरोहणमा जाने देशी तथा विदेशी पर्यटकहरूलाई समग्र जिल्लाको विशेषता फोटोको माध्यमबाटै बुझाउने प्रयास गर्यौँ। त्यसको सुरुवात यहाँ (मन्थलीमा) सञ्चालनमा रहेका पर्यटकहरू बास बस्ने, घुम्ने होटेल तथा रिसोर्ट सञ्चालकहरूसँग स्थानीय तहका जनप्रतिनिधिसहित खुल्ला छलफल तथा अन्तरक्रिया गर्यौँ । यसले हामीलाई त्यहाँको होटेल तथा रिसोर्टहरुको तत्कालीन व्यवस्थापन, प्रविधिको प्रयोग र आन्तरिक तथा बाह्य पर्टयकहरुको माग लगायतको विषय जानकारी पायौँ । होटेलहरूमा भएका सेवा सुविधालाई थप व्यवस्थित पार्न र नभएकोलाई थप गर्ने सुझाव सहित प्रतिबद्धता समेत प्रस्ट अगाडि सार्यौं यसले फोटो पत्रकारहरूको कार्य स्थानीय स्तरमा प्रत्यक्ष प्रभाव पर्योर र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्यौं ।
फोटो पत्रकारीता तालिमममा सहभागीहरु, तस्बिर फाइल ।
स्थानीय सँगसँगै जनप्रतिनिधिलाई पनि फोटो पत्रकारिता बुझाउन सजिलो छैन । पत्रकारहरू भन्ने बित्तिकै विभिन्न कारणले खुल्नै र बोल्ने नपरे हुन्थ्यो भन्ने सम्मको मनस्थितिमा रहेका जनप्रतिनिधिलाई फोटो पत्रकार हुँ भन्दा फेरी यसले के गर्छ ? अब फोटोबाट ‘भाइरल’ पार्ने हो ? भनेर टिप्पणी एवं मनस्थितिमा रहेको कानमा गुन्जी रहेझैँ लाग्छ । स्थानीय तहका विषयहरूलाई जोडेर पत्रकारबाट आलोचना खेपेर हत्तु हैरान भएका जनप्रतिनिधिहरूलाई फोटो पत्रकार पनि उस्तै लाग्छ । कि, बदनामै गराउने हुन् ? यस्तो खाडलको बिचमा स्थानीय सरकारसँग फोटो पत्रकारिता बुझाउन स्थानीय तहको प्रवर्द्धन फोटोको मद्यमाबाट गर्न सकिने विधि अँगाल्यौँ हामीले । त्यसै अन्तर्गत मन्थली नगरपालिकाको १४ वटै वडामा पुगेर हामीले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सम्भावित पर्यटन क्षेत्रलाई फोटोको मद्यमाबाट प्रचारप्रसार गर्न सफल भयौँ । पत्रकारले नराम्रो मात्रै गर्छन् भन्ने भाष्यका बिच हामीले सेवा र प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यले करिब दुई महिना लगाएर वडा–वडामा पुगेर खिचेका फोटो अहिले पनि नगरपालिकाले आफ्नै सम्पत्तिको रूपमा बुक्लेट, क्यालेन्डर, ब्रुसर, होडिङ बोर्ड र सामाजिक संचालहरुमा समेत प्रचारप्रसारमा गर्दै आएको छ । यसले पत्रकार र फोटो पत्रकारबिच बिरोधा भासलाई सजिलै तोडेर स्थानीय तह र फोटो पत्रकारको सम्बन्धलाई जोडेको छ । सम्बन्ध मात्रै जोडेको छैन, फोटो पत्रकारको कार्य समेत स्थानीय तहले प्रस्ट बुझ्ने अवसर पाएको छ ।
पर्यटकीय क्षेत्र शैलुङ्, रामेछाप । तस्बिर घनश्याम श्रेष्ठ
यसरी स्थानीय स्तरमा फोटो पत्रकारिता बुझाउनको लागि उनीहरूसँग सँगै कार्य गर्ने अवसर र प्रतिबद्धतामा हामी हिँडिरहेका छौँ । जिल्लामा केन्द्रीय प्रतिनिधिहरूसहितको उपस्थितिमा पटक–पटक यहाँका सरोकारवालाहरुसंग हामीले यहाँको पर्यटन प्रवर्द्धन गर्ने विविध विषयमा कार्यक्रम, छलफल र अन्तरक्रिया गरेको सबैमा अवगत नै छ । फोटो पत्रकारहरूको क्षमता विकाससँगै जिल्लाकै इतिहासमा पहिलो पटक आठ वटै स्थानीय तहलाई समेट्दै धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले अति नै महत्त्वपूर्ण मानिएका ५० वटा ठाउँको फोटो बागमती प्रदेशभरका आदिवासी जनजाति पत्रकारहरू भेला भएको शु–अवसर पारी प्रदर्शन गरी रेकर्ड राख्न सफल हुनु आफैमा र हामी सबैको लागि गौरवको कुरा हो ।
रामेछापको दिमिपोखरीमा डोकाको काम्रा तयार पार्दै मोक्तान गाउँका एक वृद्ध । तस्बिर मिलन घिमिरे ।
आर्थिक तथा प्राविधिक स्रोतको कमी कमजोरीका बिच जिल्लामा प्रर्यटनलाई केन्द्रमा राखेर फोटो पत्रकार रामेछापले आगामी दिनमा पनि आफ्ना गतिविधिलाई निरन्तर अगाडि बढाउने विषयमा प्रस्ट मार्ग तयार रहेको सुखद समाचार यहाँहरू सबैलाई सुनाउँदछु । अझ, बागमती प्रदेश समिति र जिल्ला शाखा रामेछापको समन्वयमा भर्खरै भएको तीन दिने आवासीय तालिमले त, म मात्रै हैन १३ वटै जिल्लाका फोटो पत्रकार साथीहरू पक्कै हौसिनु भएको छ । किनकि ? हामीले त्यो तीन दिनमा फोटोलाई खिच्ने मात्रै नभएर फोटो खिच्ने क्यामेरालाई नजिकबाट सिक्ने सुनौलो अवसर लिऊँ । त्यसैले पनि अब प्रदेशका सबै फोटो पत्रकारहरूले अवश्य पनि आकर्षक फोटोहरू खिचेर सार्वजनिक गर्दै लुकेर रहेका तस्बिरहरूलाई पक्कै बाहिर ल्याउनु हुने छ भन्ने पूर्ण विश्वस्त छु । जिल्लामा पनि त्यो गतिशीलतालाई पक्कै रोकिने दिने छैनौँ । गतिशील नेतृत्व र कर्मशील फोटो पत्रकारहरूले पक्कै पनि त्यो आशालाई व्यवहारमा लागू गर्न हामीले जिल्लामा १० वटा दीर्घकालीन फोटो पर्दशनीको लागि स्ट्याण्ड, चार दर्जन फ्रेमसहितका जिल्लाका धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका तस्बिरहरू तयार पारी प्रदर्शन समेत गरी सकेका छौँ । र, त्यो तयारी छ । आगामी दिनमा समग्र जिल्लालाई चिनाउन फोटो पत्रकारहरू अझ सशक्त लाग्नेमा हामी तयारी छौँ । यसमा तपाई, हामी सबैको सहकार्य महत्त्वपूर्ण रहने नै छ ।
यहाँ प्रयोग गरिएका तस्बिर कसैले प्रयोग गर्दा स्रोत प्रस्ट उल्लेख गर्नु पर्ने छ । अन्यथा प्रतिलिपि अधिकार शुनिश्चित गरिएको छ ।