रामेछापको सल्लेनीमा एक शिक्षकले राजनीतिक अस्थिरता र महँगीले घर चलाउन नसकेको भन्दै जागिरबाट राजीनामा दिए

| जेठ १, २०८२ बुधबार

A A A
A A A

३१ वैशाख, रामेछाप । रामेछापको मन्थलीमा एक जना नगर अनुदान कोटाबाट जारी खाइरहेका शिक्षकले महँगीले घर व्यवहार चलाउन नसकेको भन्दै ‘जागिर’ बाट राजीनामा दिएका छन् । जागिरबाट राजीनामा दिएका उनले अब के गर्ने भन्ने अन्योलमै रहेको बुझिएको छ । उनको राजीनामा भने तत्काल स्वीकृत समेत भएको बुझिएको छ । 

 

यही वैशाख २६ गते शुक्रवार विद्यालय प्रशासन एवं प्रधानाध्यापकलाई बुझाइएको राजीनामामा भनिएको छ, ‘ मुलुकको वर्तमान राजनीतिक अस्थिरता र मूल्य वृद्धिले गर्दा हाल मैले पाइराखेको सेवा सुविधाले मेरो घर व्यवहार संचालन गर्न अत्यन्त कठिन रहेको र यो जागिरको विकल्प खोज्न बाध्य छु ।’

 

एक वर्ष अगाडि देखि नगर अनुदान कोटाबाट मन्थली नगरपालिका वडा नं ७ भटौलीको कालिका देवी आधारभूत विद्यालयमा पठनपाठन गर्दै आएका शिक्षक देव सागर चौधरीले राजनीतिक अस्थिरताको कारण महँगी बढेकाले घर चलाउन नसकेको भन्दै राजीनामा बुझाएको उनको राजीनामा पत्रमा उल्लेख छ । 

 

गणित र विज्ञान विषय पढाउँदै आएका शिक्षक चौधरीले आफूले बुझाएको राजीनामा छिटो स्वीकृत गरिदिन भन्दै लेखेका छन्  ‘मेरो बाध्यात्मक परिस्थितका कारण सेवामा रहिरहन सक्दिन’ । 

 

सप्तरी जिल्ला घर भएका चौधरी परिवारसहित हाल रामेछापको सल्लेनी बस्दै आएका छन् । उनले मासिक ३० हजार रुपैयाँ तलब बुझ्दै आएको भए पनि त्यतिले घर चलाउन नसकेर जागिरबाट राजीनामा दिएको चौधरीले रामेछाप टाइम्सलाई बताए । ‘घर चलाउन सकिएन ३६ वर्षीय चौधरीले अब सायद विदेश जान्छु की भन्दै भने ‘त्यो पैसाले घर चलाउन सकिन ।’

रामेछाप टाइम्स
| बैशाख २८, २०८२ आइतबार