दोरम्बा शैलुङ्मा ‘कास’ नियुक्तिमा जनप्रतिनिधि र कर्मचारीको मिलोमत्तोः परीक्षा दिनै नजानेको नाम निकालियो भन्दै वैकल्पिकले हाल तीन ठाउँ उजुरी

| बैशाख २९, २०८२ सोमबार

A A A
A A A

२९ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकामा कर्मचारी/कार्यालय सहयोगी (कास) नियुक्तिमा पालिकाले हस्तक्षेप गरेको एवं कानुन सम्वंत् नियुक्त नगरिएको भन्दै नाम निकालिएका कर्मचारीको हाजिर रोकिनु पर्ने मागसहित तीन ठाउँमा उजुरी परेको छ । वडा नं ४ गौश्वारामा कार्यालय सहयोगी (कास) पद रिक्त भएपछि पालिकाले यही वैशाख ५ गते २१ गते सम्म आवेदन दिन सकिने गरी विज्ञापन आह्वान गरेको थियो । तर, कास पदका कर्मचारी पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू समेतको मिलोमत्तोमा नाम निकालिएपछि वडादेखि जिल्ला प्रशासन कार्यालय सम्म निवेदन परेको हो ।  

 

५ गते आवेदन खुलेपछि कासको लागि दुई जना महिलाले दर्खास्त दिएका थिए । ४ नम्बर कै अनिता थापा मगर र अमृता मगरले फारम भरेको बुझिएको छ । प्रकाशित सूचनामा २१ गते पालिकामा अन्तर्वार्ता (परीक्षा) को लागि डाकिएको थियो । तर, २१ गते अनिता थापा मगर तोकिएको समय भन्दा ढिलो सम्म पनि अन्तर्वार्ता एवं परीक्षा दिन उपस्थिति भइनन् । भने, अर्की आवेदनकर्ता अमृता मगर निर्धारित समय मै पुगेकी थिइन् । केही बेर पालिकामा परीक्षा हुने भन्दै कुरेकी मगरलाई पालिकाका ‘कर्मचारीहरूले आज परीक्षा नहुने भयो पछि आउनु भनेपछि आफू त्यहाँबाट त्यसै फर्किएको उनको गुनासो छ । 

 

परीक्षा किन हुन नसकेको हो भनेर प्रश्न गर्दा ‘मलाई सरहरूले भन्नुभयो आज परीक्षा नहुने भो अध्यक्ष आउनु भएन पछि खबर गर्छौँ’, सो दिन पालिका अध्यक्ष पालिका भन्दा बाहिर गएको र पालिका अध्यक्ष मैनकुमार मोक्तानले आफूसँग सरसल्लाह नै नगरी किन परीक्षा तोकेको भनी कर्मचारीलाई भनेको चर्चापछि उनकै आग्रहमा परीक्षा पुनः २५ गते तोकिएको निवेदक अमृताको दाबी छ । 

 

यसरी पालिकाका कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा  अर्की आवेदक कर्ता परीक्षा दिन सहभागी नभएको पत्तो पाई उसलाई सहयोग पुग्ने गरी अनिता थापा मगर कै आग्रहमा परीक्षा समेत २५ गते तोकिएको आरोप लगाउँदै अमृताले भनिन् ‘२१ गते तोकिएको समयमा किन नआएको भनेर कर्मचारीलाई सोद्दा पानी परेर आउन नसक्ने कारण देखाउँदै ऊ परीक्षा दिनै नआएको पाइयो र पछि उसलाई जागिर खुवाउने नियत स्वरूप पुनः परीक्षा मिति तोकेर पालिकाले कानुन भन्दा विपरीत कार्य गरेको जिकिर अमृताको छ ।

 

अमृताले प्रमुख जिल्ला अधिकारीलाई अनिता थापा मगरको नियुक्ति रोकी पाउँ भन्दै लेखिएको पत्रमा भनिएको छ, ‘मसँग आवेदन दिने मान्छे त्यो दिन सहभागी नभएको र उहाँको जागिर खुवाउनु पर्ने मान्छे नआएको कारण परीक्षा रोक्ने र पछि गर्ने निर्णय गर्नु भयो ।’

 

यो हेर्नुहोस् अमृताले वडा, पालिका र जिल्ला प्रशासनमा दिएको निवेदन

 

२५ गते लिइएको पुनः परीक्षाबाट समयमा उपस्थित हुने अमृता वैकल्पिकमा र विविध कारण भन्दै पहिले तोकिएको दिन परीक्षै दिन नआएकी अनिता थापा मगर सफल आवेदक भन्दै नाम सार्वजनिक भएपछि अमृताले कर्मचारी नियुक्ति विधि र कानुन सम्वंत् नभएको दाबी सहित उनको नियुक्त रोकिनु पर्ने माग गर्दै जिल्ला प्रशासन, गाउँपालिका र वडामा वडा अध्यक्षलाई समेत निवेदन दिएकी हुन् ।

 

पालिकाले निकाले कास पदको नतिजा

 

कास नियुक्तिमा भएको त्रुटिबारे रामेछाप टाइम्सले पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोसँग बुझ्दै उनले भने ‘कर्मचारीलाई विवादमा पर्न यहाँ सबैले यस्तो गर्छन् । म, बाहिर छु । कार्यालय गएर कुरा गर्छु ।’ 

नरेश महत्तो, निमित्त प्रमुख प्रशासकीय अधिकृत, तस्बिर स्रोत पालिका फेस्बुक पेज 

 

२१ गते परीक्षा दिनै नपुग्ने व्यक्तिको लागि परीक्षा पुनः तोकेर परीक्षामा उत्तीर्ण समेत के–के कारणले गरिएको भन्ने प्रश्नको उत्तरमा निःशब्द भएका प्रशासकीय प्रमुख महतोले आफूहरूलाई बाध्य पारीको तर्क गरे । तर, अन्य केही खुलाउन चाहेनन् । उनी स्वास्थ्य शाखाका कर्मचारी हुन् । भने विविध कारण बेला–बेला विवादमा पर्दै आएका छन् ।

 

सोही विषयमा वडा नं ४ का वडा अध्यक्ष श्यामलाल घिसिङसँग रामेछाप टाइम्सले बुझ्दै कास नियुक्ति विधि संवत् नदेखिएको धारणा राखे । परीक्षा दिन तोकेको समयमा नपुग्ने व्यक्तिको लागि सोधी–सोधी परीक्षा मिति राख्नुले प्रश्न र आशङ्का गर्न सक्ने ठाउँ धेरै रहेको धारणा राखे । वडामा अमृता मगरले सफल भनिएकी आवेदककर्ताको हाजिर रोक्न माग गरेकाले आफूले हाल सम्म हाजिर समेत रोकेको प्रस्ट पारे । 

रामेछाप टाइम्स
| बैशाख २८, २०८२ आइतबार