उमाकुण्डमा पालिका अध्यक्ष सुनुवार र हाकिमबिच लफडा, अध्यक्षले दबाब दिएको भन्दै निमित्त तोकेर हाकिम सम्पर्क विहीन

६ फागुन, रामेछाप । भुक्तानीको विषयलाई लिएर उमाकुण्ड गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच कार्यकक्ष मै भनाभन भएपछि प्रशासकीय अधिकृत पालिका छोडेर बाहिरिएका छन् । उनी अहिले कसैको सम्पर्कमा छैनन् । स्रोतका अनुसार उनी सिन्धुली भिमान तिर गएको/रहेको बुझिएको छ । तर, उनको फोन अफ रहेको छ ।
गएको ४ गते आइतबार पालिका अध्यक्ष शेरबहादुर सुनुवार र प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी बिच सम्पन्न भएका योजनाहरुको भुक्तानीको विषयलाई लिएर ‘लफडा’ भएपछि प्रमुख प्रशासकीय अधिकृत पालिकामा प्रशासकीयको भूमिकामा आएको छोटो समयमै अचानक निमित्त तोकेर पालिका छाडेका हुन् ।
पालिका स्रोतका अनुसार केही समय यता सम्पन्न भएका योजनाहरुको भुक्तानीको लागि प्रशासकीय अधिकृत अधिकारीले ‘नीति नियमले नमिल्ने’ भन्दै भुक्तानीमा ढिलाइ गरेको गुनासो बढेको थियो । सोही विषयलाई लिएर पालिका अध्यक्ष सुनुवारले प्रमुख प्रशासकीय अधिकृतलाई भुक्तानीमा सहजीकरण गर्न ‘दबाब’ दिए पछि उनले ‘नीति विधि’ भन्दा बाहिर गएर भुक्तानी नगर्ने अडानसहित बरु पालिका छोड्ने तर विधि मिचेर भुक्तानी नगर्ने अडान लिँदै शिक्षा शाखा प्रमुख वासुदेव मश्राङ्गीलाई निमित्तको जिम्मेवारी दिएर सोमबार बिहानै पालिका छाडेका हुन् ।
विशेष गरी निर्माणाधीन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन लगायत उपभोक्ता समितिहरूले सकेका कामको भुक्तानी रोकिएको भन्दै गाउँपालिका अध्यक्षले केही दिन अगाडि पालिकामा युवासँगको कार्यक्रममा बोल्दै कर्मचारी प्रति आक्रोश व्यक्त गरेका थिए । उनले कर्मचारीहरूले चलाएको देश भन्दै आक्रोश पोखेका थिए ।
उच्च स्रोतका अनुसार हाकिमले पालिका अध्यक्ष सुनुवारले भुक्तानी दिन दबाब दिएको गुनासो गरेका छन् ।
सोमबारै देखि गाउँपालिकामा पालिका अध्यक्ष सुनुवार पनि नदेखिएको र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि पालिका छाडेपछि उमाकुण्ड गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको ‘लफडा’ को मारमा स्थानीय परेका छन् । चालु आर्थिक वर्षको योजनाको काम धमाधम हुनु पर्ने बेलामा ‘हाकिम’ र जनप्रतिनिधिहरूको लफडाले भुक्तानी न्यून भएको छ । ठेकेदारले भुक्तानी पाउन सकेका छन् ।
सोही विषयमा पालिकाका कर्मचारीलाई सम्पर्क गर्दा धेरै जोस कर्मचारीहरू मुख खोल्न मान्दैनन् । रामेछाप टाइम्सले सो विषयमा बुझ्दा कर्मचारीहरू अन्जान् जस्तै बन्छन् । कम्प्युटर अपरेटर पदमा कार्यरत जितनारायण श्रेष्ठले भने ‘म केही समय यता यी विषयमा चासो दिन छाडेको छु । उहाँहरू बिच छलफल भएको र केही समस्या भएको भन्ने सुनेको छु । तर, अरू जानकारी छैन । हाकिम र अध्यक्षज्यू दुवै जना हुनुहुन्न’ सम्पर्कमा छैनन् ।
पालिका अध्यक्ष सुनुवार र हाकिम दुवैलाई हामीले सम्पर्क गर्दा फोन अफ भई सम्पर्क हुन सकेन । उपाध्यक्ष सावित्री सुनुवार भने केही दिन देखि तालिमको लागि धुलिखेल भएको र हिजो पालिका पुग्दा पालिका अध्यक्ष र हाकिम बिच विवाद एवं लफडा भएको सुनेको बत्ताउँछिन् । ‘अरुत जानकारी छैन । म, बाहिर थिए । तर, लफडा भएर दुवै जना पालिकामा नभएको थाहा पाए ।’
यता, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पालिकामा त्यस्तो कुनै ‘घटना घटेको र आफू बाहिरिएको’ कुनै जानकारी नगराएको’ प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताए ।