मन्थली नगरपालिकाले ५ जना महिलाहरूलाई ‘ड्राइभिङ’ तालिमको अवसर दिने
फाइल फोटो ।
२१ माघ, रामेछाप । मन्थली नगरपालिकाले ५ जना महिलाहरूलाई सवारी चालक ‘ड्राइभिङ’ तालिमको अवसर उपलब्ध गराएको छ ।
आइतबार नगरपालिकाका उपसचिव एवं सूचना अधिकारी हेमन्त कुमार बुढाथोकीले एक सूचना जारी गर्दै गत वर्ष पनि नगर भित्रका महिलाहरूलाई हलुका सवारी चालकको तालिम दिएको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा पनि ‘महिला चालक उत्पादक तथा महिला लक्षित रोजगार कार्यक्रम’ अन्तर्गत ५ जना महिलाहरूलाई तालिमको अवसर दिने जानकारी दिएका हुन् ।
नगरले जारी गरेको पत्रमा ‘बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको’ अनुरोधमा १६ देखि ४० वर्ष उमेर समूहका महिलाहरूलाई प्रशिक्षण अवधिमा खाजा र यातायातको व्यवस्था सहित तालिम दिने उल्लेख गरिएको छ ।
सो तालिम लिने चाहनेहरू ट्याक्सी, टेम्पो, अटोरिक्सा चलाउन चहानेर सोही कामलाई पेसाको रूपमा आगामी दिनमा अपनाउन इच्छुक भएको हुनु पर्ने जारी भनिएको छ ।
सूचना हेर्नुहोस्

