उमाकुण्ड लिग हेर्न जाँदै गरेको बाेलेराे दुर्घटना : वडा सदस्य सहित ६ जना घाइते, हेलिकप्टर मार्फत काठमाडौं लगियाे
फाइल फाेटाे
२ पुस, रामेछाप । उमाकुण्ड लिग हेर्न लिखु तामाकाेशीकाे दुरगाउँबाट भुजी जाँदै गरेकाे बाेलेराे दुर्घटना हुदा ६ जना घाइते भएका छन् । दुर्घटनामा लिखु तामाकोसी १ दुरागाउँका वडा सदस्य सहित ३ जनाकाे अवस्थाा गम्भीर छ ।
हिजाे शुक्रबारदेखि सुरु भएको उमाकुण्ड लिग २०७९ मा खेल हेर्न फस्कु, भुजी जाँदै गरेकाे १० जना सवार बाेलेराे दुर्घटनामा परेकाे खेल आयाेजक एवं दुर्घटना स्थलबाट मनाेज कुमार सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए ।
दुर्घटनामा विमला सुनुवार, मनिता खड्का, सीता थापा, सृष्टि सुनुवार, दीपक सुनुवार र राजकुमार थापा घाइते रहेका छन् । उनले भने ´वडा सदस्य सहित ३ जनाको अवस्था गम्भीर छ । हेलिकप्टरमा ३ जनाा, गाडीमा ३ जना काठमाडौं पठाइयाे ।´
गाडी दुर्घटनामा परेपछि खेल तत्कालकाे लागि स्थगित भएको छ । दुर्घटनाको कारण खुलेको छैन । अनुसन्धान जारी छ ।
