बितेको ५ महिनामा जिल्ला ट्राफिक प्रहरीले उठायो ३८ सय सवारी कारबाहीबाट ३४ लाख ६६ हजार, यात्रुको हितमा यस्ता काम गर्दै ?

दशै, तिहार जस्ता मुख्य चाडपर्वमा यात्रुको सहयताको लागि मन्थलीको देवकोटा चोकमा यात्रु सहायता कक्ष स्थापना जस्ता नमुना काम गरेको स्मरण गर्दै ट्राफिक प्रहरी प्रमुख, श्रेष्ठले चालु आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण समेत सुरु गरेको जानकारी दिए ।
त्यस्तै जिल्लाका विभिन्न विद्यालयमा पुगेर ‘ट्राफिक नियम सम्बन्धि’ कक्षा सञ्चालन ५ पटक गरेको र त्यसबाट ७ सय भन्दा बढी विद्यार्थी लाभान्वित भएका जानकारी दिए । जिल्ला सदरमुकाम मन्थली बजारमा रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने कार्य अन्तरगत ‘एकतर्फी’,बनाएको उनले स्मरण गरे ।