दोलखाका एक मजदुरलाई खुकुरी प्रहार गर्ने रामेछाप गौश्वराका तामाङ् पक्राउ

| चैत २१, २०७८ सोमबार

सांकेतिक तस्विर
A A A
A A A

२१ चैत, रामेछाप । दोलखाका एक मजदुरलाई एक्कासी खुकुरी प्रहार गर्ने रामेछापका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वरा बस्ने बिनोद तामाङ रहेका छन् ।

 

उनले सोही ठाउँको पडिघ्याङ भन्ने स्थानमा रहेको अन्तराष्ट्रिय युवा वर्ष माविमा रङरोगनको काम गर्दै आएका दोलखाको तामाकोशी गाउँपालिका वडा नं ३ जफे बस्ने २० वर्षीय अनिश पोखरेललाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

उनले गत बुधबार विधालयमा रंग लगाउदै गरेका पोखरेललाई खुकुरी प्रहार गरेका थिए । तामाङ्को खुकुरी प्रहारबाट पोखरेलको टाउको तथा देब्रे हातको पातोमा चोट लागेको छ । 

 

खुकुरी प्रहारबाट पोखरेल घाईते भएका छन् ।  उनको स्थानीय अस्पतालमा उपचार भैरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

 

खुकुरी प्रहार गर्ने तामाङ्लाई शनिबार पक्राउ गरि अनुसन्धान सुरु भएको छ ।