एमाले रामेछापले तोक्यो ६४ वटै वडा ईन्चार्ज र सह-ईन्चार्जः पदाधिकारीहरुको कार्य विभाजन, कसलाई कुन जिम्मेवारी ?

| फागुन ३, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

३ फागु, रामेछाप । नेकपा एमाले जिल्ला कमिटीका पदाधिकारीहरुको कार्य विभाजन गरेको छ । आज मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि दुई दिन बसेको बैठक तथा प्रशिक्षणले नेताहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको जनाएको हो ।

 

त्यस्तै जिल्ला कमिटीका सबै सदस्यलाई जनसंगठनको समन्वय गर्ने, पालिका संयोजन गर्ने र ६४ वटै वडामा ईन्चार्ज, सह–ईन्चार्जको जिम्मेवारी समेत तोकीएको छ । 


सदरमुकाम मन्थलीमा निर्वाचन लक्षित् प्रशिक्षण कार्यक्रमले नेता प्रेमबहादुर खड्का अध्यक्ष रहने गरि जिल्ला सल्लाहाकार कमिटी समेत गठन गरेको प्रचार प्रसार विभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिए । उनका अनुसार बैठकले जेष्ठ कम्यूनिष्ट मंच समेत गठन गर्ने निर्णय गरिएको छ । 


पार्टीले जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको हो । कसलाई के जिम्मेवारी हेर्नुहोस् । 

अध्यक्ष आनन्द कुमार श्रेष्ठ-पार्टी स्कुल विभागरजनसंगठन समन्वय विभाग प्रमुख
ईन्द्र बहादुर तामाङ्ग –स्थानीय विकास विभाग प्रमुख 
पुरुषोत्तम कडरिया –संगठन विभाग प्रमुख 
प्रकाश कुमार कार्की –प्रचार तथा प्रकाशन विभाग प्रमुख
होतराज ढकाल –निर्वाचन विभाग प्रमुख
राम प्रसाद देवकोटा –वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार