‘पुष १५ गतेसम्म सबै पालिका र वडा कमिटी गठन गरिसक्छौं’- अध्यक्ष बस्नेत

| पुस २, २०७८ शुक्रबार

फाइल
A A A
A A A

२ पुष,रामेछाप । नेकपा (एकिकृत समाजवादी) पार्टी (एस) रामेछापका जिल्ला अध्यक्ष रमेश कुमार बस्नेतले आउदो पुष १५ गतेभित्र जिल्लामा पालिका देखि वडा कमिटी गठन गरिसक्ने बताएका छन् । उनले रामेछाप टाइम्संग भने ‘हामी पुष १५ गतेभित्र ६४ वटै वडा कमिटी देखि लिएर पालिका कमिटी गठन गरि सक्ने तयारीमा छौं ।’


 
हाल सम्म २८ वटा वडा कमिटी गठन गरिसकेको बताउदै जिल्ला अध्यक्ष बस्नेतले एक पालिका समेत गठन गरिसकेको जानकारी दिए । उनले भने ‘सुनापतिमा हामीले पालिका कमिटी समेत गठन सकेका छौं । भोली गोकुलगंगा गाउँपालिकामा पालिका कमिटी गठन हुदैछ । अब दैनिक जसो ‘सेडूल’मा हामी कमिटी गठन गर्नेछौं ।’

 

 

गत मंसिर ३० भित्र वडा र कमिटी गठन गरिसक्ने निर्णय गरेको एसले सो समयमा कमिटी गठन नसकेपछि १५ दिन समय थपेर पुष १५ सम्म पुर्याएको छ । 
 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार