९ दिनदेखि हराइरहेका 'साने' दमाई चोप्राङ खोलामा मृत अवस्थामा भेटिए
फाइल फोटो
२१ मंसिर,रामेछाप । गत मंसिर १४ गतेदेखि हराइरहेका लिखु तामाकोशी गाउँपालिका बिजुलीकोटका 'साने' दमाई मृत अवस्थामा भेटिएका छन् ।
वडा नं ३ बिजुलीकोट निवासी ७१ बर्षीय साने भनिने राम बहादुर दमाई गत मंसिर १४ गते सोमबारदेखि वडा नं ४ बिजुलीकोटमा बिबाहमा बाजा बजाउन गएर घरफर्किने क्रममा बेपत्ता भएका थिए ।
उनी आज बिजुलीकोटकै साविकको वडा नं ७ स्थित चोप्राङ खोलामा मृत अवस्थामा भेटिएको सैपुका वडा अध्यक्ष पदम तामाङ्कले रामेछाप टाइम्लाई जानकारी दिए । उनले भने ‘मृत अवस्थामा शव भेटिएको छ, शवबहान बोलाइएको छ । त्यसपछि थप जानकारी आउने छ ।’
बिहेमा बाजा बजाउन गएका साने ९ दिनपछि मृत भेटिएका हुन् । उनी बिजुलीकोटको लेती खोला भन्ने स्थानबाट बेपत्ता भएका थिए
